Wednesday, May 20, 2020

वर्तमान निर्माण ब्यबसाय र अर्थतन्त्रमा यसको भूमिका ।

वर्तमान निर्माण ब्यबसाय र अर्थतन्त्रमा यसको भूमिका । 

नेपालमा निर्माण ब्यबस्थापन तथा मरम्मत ब्यबसाय ब्यबस्थित तवरले सन्चालन हुन सकेको छैन । अब्यबस्थित र अनौपचारिक काम गर हुँदा अर्थतन्त्रमा ठ्याक्कै कती योगदान गर्छ भन्न नसके पनि यसै क्षेत्रमा अनौपचारिक रुपमा निर्भर भएर जिबिकोपार्जन गर्ने नेपालीको सङ्ख्या भने उल्लेख्य छ । 

कयौ बर्स देखी नेपालीहरु कामको अभावले दोश्रो देश छिर्दा नजिकै भारत बाट आएर लाखौको सन्ख्यामा यस क्षेत्रमा काम गरिरहेका छन । एकातिर हामीले आफ्नो पुजी गुमाएका छौ भने अर्को तर्फ हामिले निकट भबिस्यमै दक्ष जनशाक्ती नहुँदा भारतिएकै भर पर्नुपर्ने अवस्था निम्ताएका छौ । यसो हुनुको मुख्य कारण पद्दत्तिगत तवरले निर्माण ब्यबसायको सन्चालन नहुनु र हाम्रो अनौपचारिक काम गर्ने शैली हो । मुख्यत यि समस्या हल गर्न सके यस क्षेत्रमा हामिले आफ्नै जनशाक्तिको परिचालन गर्न सक्षम हुने छौ । आज हामी यि दुइ बिसयमा चर्चा गरौ । 
१) पद्दत्तिको सुरुवात

बिगत १०औ बर्स देखी हाम्रो निर्माण गर्ने शैली ठेकेदारत रह्यो । जुन ब्यबसाइक र ब्यबस्थापन भन्दा व्यक्तिगत अनुभवका आधारमा सन्चालन हुन्छ । यस्तो पद्दत्तिले नबिनता र सृजनालाई भन्दा कसरी धेरै भन्दा धेरै नाफा गर्ने भन्ने मानसिकतालाई प्रस्रय गर्‍यो । केही निस्चित ठेकेदारहरुले मोनोपोलिको सुरुवात गरे । ठेक्का पाउन मिलिमतोमा टेन्डर हाल्ने भनसुन गर्ने ब्यवस्था बढ्यो । समयक्रम सङ्गै दक्ष भन्दा अदक्ष जनशाक्तिको प्रयोग बढदै गयो । एकातिर दक्षता पलायन हुँदै गयो भने अर्कोतर्फ श्रमिकको अनुचित प्रयोग बढी रह्यो । समयमा भुक्तानी नदिने, उचित बिमाको सहुलिएत नदिएर जोखिमको न्युनिकरण नगर्ने, समयगत कामको ब्यबस्था नहुँदा भविस्यको अनिश्चितता जस्ता कारणले गर्दा मानव पलाएन बढेर गयो । 

यस्ता यावत समस्याको समाधान गर्न अब कर्पोरेट शैलिबाट यस ब्यबसायको सन्चालन गर्नुपर्छ । नयाँ नयाँ प्रबिधिको प्रयोग गर्दै ग्राहकको सन्तुस्टिमा आधारित ब्यबसाय गर्न सके नविनता र सृजनासिलतालाई प्रसय पुग्दछ । 
२) अनौपचारिक शैलि

लामो समयदेखी हाम्रो ब्यबसाय गर्ने शैली परम्परागत रहेको छ । भवन निर्माण गर्दा आवस्यक मापदण्ड तथा नक्सा रेखाङ्कनको हामिले उचित पालना गरेनौ । यि सबै हुनुमा निर्माण प्रकृयामा ब्यक्तिको बर्चस्व हुनु हो । ग्राहकको चेतना बढाउने तथा राज्यको निती नियमको पालना गरेर काम गर्ने हाम्रो बानी नहुँदा यो क्षेत्र औपचारिक रुपमा अघी बढ्न सकेन । ठेकेदार मुख्यत ब्यक्ती हुने र सम्पुर्ण कामकाज ब्यक्तिको अनुभवमा निर्भर हुने तथा उक्त ब्यक्ती राज्यको कुनैपनी निकायबाट परिक्षित, जावफदेही र सम्पर्कमा नहुने परिपाटिले यो क्षेत्र इन्ड्स्टृयल बिकाशको मोडेलबाट बन्चित भइरह्यो । 
 
निस्कर्श: उपयुक्त पद्दत्तिको बिकास गर्दै सम्पुर्ण निर्माण तथा मरम्मत ब्यबसायलाई राज्यको सम्पर्कमा  ल्याउन सकेमा कोरोनापछिको बेरोजगारी समस्यामा यो क्षेत्रको योगदान अतुलनिय रहनेछ । 

नवप्रबर्धकहरुको प्रवेशले श्रमिकको उचित मुल्यान्कन गर्न टेवा पुग्छ । यसैले यो क्षेत्रलाई अधिक ब्यबस्थित गर्न ग्राहक, ब्यबसायी र राज्यले आआफ्नो भूमिका खेल्नु अपरिहार्य छ ।

No comments:

Post a Comment